‘लोकतन्त्रको विकल्प निरंकुश व्यवस्था हुन सक्दैन’

हिमाल प्रेस १४ चैत २०८१ १५:१२ | Thursday, March 27, 2025
‘लोकतन्त्रको विकल्प निरंकुश व्यवस्था हुन सक्दैन’ गृहमन्त्री रमेश लेखक

लुम्बिनी– गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरंकुश व्यवस्था हुनै नसक्ने बताएका छन्। उनले लोकतान्त्रिक मूल्य र मान्यतामा अभ्यस्त भइसकेको नेपाली समाज निरंकुशतातर्फ जान नसक्नेमा आफू प्रष्ट रहेको बताए।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा गृहमन्त्री लेखकले समाज पछाडि फर्कन नसक्ने स्पष्ट पारे।

‘एक दुईचोटी प्रयास गरिएका हुन्। नेपाली जनता लोकतन्त्रमा विश्वास गर्छन्, त्यसैले ती प्रयास नेपाली जनताले निस्तेज गरे,’ उनले भने, ‘लोकतन्त्रको मार्गमा अगाडि बढिसकेको समाज पछाडि फर्किदैन, सरकार परिवर्तन हुने कुरा लोकतन्त्रमा हुन्छ।’

उनले अहिले केही कमी कमजोरी रहेको बताउँदै जनताको चिन्ता र पीडालाई आक्रोशमा बदलेर व्यवस्थाकै विरुद्धमा प्रयोग गर्ने प्रयत्न भइरहेको बताए।

प्रकाशित: १४ चैत २०८१ १५:१२ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast