काठमाडौँ- श्री सबुज गण (शान्ति सेना) ६६औँ डफ्फाका १९३ जना नेपाली शान्ति सैनिकको टोली सोमबार लेबनान प्रस्थान गरेको छ। सेनानी सुमन सिलवालको नेतृत्वमा सैन्य टोली मिसन इलाकातर्फ प्रस्थान गरेको जंगीअड्डाले जनाएको छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि युनिफिल लेबनानमा तैनाथ श्री इन्द्रध्वज गण (शान्ति सेना) ६५औँ डफ्फालाई बदली गर्नका लागि उक्त टोली त्यसतर्फ गएको हो।
यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी ६५औँ डफ्फामा कार्यरत १९३ जना शान्ति सैनिक प्रमुख सेनानी अर्जुनविक्रम थापाको नेतृत्वमा सोमबारै स्वदेश फिर्ता भएका थिए। उक्त मिसनमा नेपाली सेनाबाट डेपुटी फोर्स कमान्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र एकवटा गण गरी कुल ८७६ जना शान्ति सैनिक कार्यरत छन्।
प्रकाशित: ४ चैत २०८१ १३:२७ | Monday, March 17, 2025
प्रतिक्रिया




