 
                             
                                            काठमाडौँ- इंग्लिस प्रिमियर लिग लिडर लिभरपुलले साउथह्याम्टनलाई पराजित गरेको छ।गएराति घरेलु मैदान एनफिल्डमा लिभरपुलले साउथह्याम्टनलाई ३-१ गोलले पराजित गरेको हो।
लिभरपुलको जितमा मोहम्मद सालाहले दुई गोल गरे। उनले दुवै गोल पेनाल्टीमार्फत गरेका थिए।पहिलो हाफमा लिभरपुल १-० गोलले पछि परेको थियो। पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा साउथह्याम्टनका विल स्मलबोनले गोल गरेका थिए।
त्यसपछि दोस्रो हाफको ५१ मिनेटमा डार्विन नुनेजले लिभरपुलका लागि बराबरी गोल फर्काए। त्यसपछि ५५ र ८८ मिनेटमा सालाहले पेनाल्टीमार्फत गोल गरे। लिभरपुलले २९ खेलबाट ७० अंक जोडेको छ। उसले दोस्रो स्थानमा रहेको आर्सनलसँग १६ अंकको अग्रता लिएको छ। आर्सनलले २७ खेलबाट ५४ अंक बनाएको छ।
पराजित भएको साउथह्याम्पटन पुछारमा छ। उसले २८ खेलबाट ९ अंकमात्र जोडेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 