‘लाज शरणम्’ पाँचौँ हप्तामा, कति कमायो?

हिमाल प्रेस १३ चैत २०८१ ८:५६ | Wednesday, March 26, 2025
‘लाज शरणम्’ पाँचौँ हप्तामा, कति कमायो?

काठमाडौँ- फिल्म ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ। शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको फिल्म पाँचौँ हप्तामा प्रवेश गरेको हो।

उच्च शोसहित प्रदर्शन सुरु गरेको फिल्ममा अहिले पनि दर्शक रहेका छन्। दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माणपक्षले बताएको छ।

‘फिल्म लाज शरणम् सफलतासहित पाँचौँ हप्तामा प्रवेश गरेको छ,’ निर्माता नवीन श्रेष्ठले भने, ‘दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापार गर्दै लाज शरणम् तेस्रो हप्तामा प्रवेश गरेको हो । अहिले पनि फिल्मलाई उपलब्ध शो मा दर्शकको संख्या उच्च छ।’

‘लाज शरणम्’ले पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो। फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङ लगायतको अभिनय छ।

‘लाज शरणम्’लाई कुमार कट्टेल (जिग्री)ले निर्देशन गरेका हुन्। जेपीटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सहनिर्माताका रूपमा रहेका छन्।

‘लाज शरणम्’को कमाइ गुपचुप

प्रकाशित: १३ चैत २०८१ ८:५६ | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast