राष्ट्रियसभाको बैठक शुक्रबार बस्ने

हिमाल प्रेस १४ चैत २०८१ १७:४६ | Thursday, March 27, 2025
राष्ट्रियसभाको बैठक शुक्रबार बस्ने

काठमाडौँ- राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने भएको छ ।

आज (बिहीबार) दिउँसो १२ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण भएको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सभा अध्यक्ष नारायणप्रसाद दाहालले १ घण्टाका लागि स्थगित भएको जानकारी गराएका थिए।

त्यसपछि दोस्रो पटक पुनः सूचनामार्फत ३ बजेर ३० मिनेटमा बस्ने गरी संघीय संसद् सचिवालयले सूचना प्रकाशित गरेको थियो। विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेपछि बैठक स्थगित भएको थियो।

संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बस्ने गरी निर्धारण गरिएको छ।

प्रकाशित: १४ चैत २०८१ १७:४६ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast