राष्ट्रियसभाको बैठक अवरुद्ध

हिमाल प्रेस १५ चैत २०८१ १४:०४ | Friday, March 28, 2025
राष्ट्रियसभाको बैठक अवरुद्ध राष्ट्रियसभाको बैठक। फाइल तस्बिर।
काठमाडौँ– प्रतिपक्ष दलका सांसदको अवरोधका कारण राष्ट्रियसभाको शुक्रबारको बैठक एक घण्टाका लागि स्थगन भएको छ। बैठकमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरेपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टाका लागि स्थगन गरेका हुन्।
सांसद तुलप्रसाद विश्वकर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयका सम्बन्धमा प्रधानमन्त्रीको जवाफ माग गरेका थिए।
उनले भने, ‘नेपालको संविधानको धारा ७६ को उपधारा १० अनुसार प्रधानमन्त्री र सम्बन्धितमन्त्री संसद्प्रति उत्तरदायी हुने भनिएको छ, त्यसैले उक्त सम्बन्धमा हामीलाई जवाफ चाहिन्छ।’ कुलमानलाई हटाउने विषय सुशासनसँग जोडिएको दाबी गर्दै उहाँले उक्त विषयले नयाँ तरंग सिर्जना गरेको बताए।
प्रकाशित: १५ चैत २०८१ १४:०४ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast