राप्रपा कार्यकर्ताले मागे ओलीको राजीनामा

हिमाल प्रेस १८ चैत २०८१ १५:३३ | Monday, March 31, 2025
राप्रपा कार्यकर्ताले मागे ओलीको राजीनामा

काठमाडौँ- तीनकुने घटनामा पक्राउ परेका नेतालगायत सबैलाई रिहा गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ।

राप्रपाका सवै संगठनहरुले सोमबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै तीनकुने घटनामा झुटा मुद्दा लगाएर आफ्ना नेतालाई पक्राउ गरेको भन्दै प्रदर्शन गरेका हुन्। उनीहरूले सबैलाई तत्काल रिहाइ गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, घटनाको न्यायोचित छानबिन हुनुपर्ने माग गरेका छन्।

साथै उनीहरुले राज्यले दमन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा मागसमेत गरेका छन्। प्रदर्शनकारीहरु माइतीघर हुँदै बानेश्वरतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोकेको थियो। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो।

प्रदर्शनपछि राप्रपा नेता डा प्रकाशचन्द्र लोहनीले आफ्ना नेताहरुलाई झुटा मुद्दा लगाएर मनोवल गिराउन खोजेको भन्दै आन्दोलन निरन्तर अघि बढ्ने बताए।

उनले संवैधानिक राजतन्त्रका साथै हिन्दु राष्ट्र कायम नहुदासम्म राप्रपाको आन्दोलन नरोकिने चेतावनी बताए। शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनामा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १८ चैत २०८१ १५:३३ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast