राजावादी आन्दोलन चर्किरहेका बेला लोसपा महासचिवले भने : लोकतान्त्रिक व्यवस्थामा खोट छैन

हिमाल प्रेस ३ चैत २०८१ ८:०६ | Sunday, March 16, 2025
राजावादी आन्दोलन चर्किरहेका बेला लोसपा महासचिवले भने : लोकतान्त्रिक व्यवस्थामा खोट छैन

काठमाडौँ- सडकमा राजावादी आन्दोलन चर्किरहेका बेला लोकतान्त्रिक दलहरू एकजुट बन्दै गएका छन्। उनीहरू गणतान्त्रिक व्यवस्थालाई कमजोर बन्न नदिन विभिन्न माध्यमबाट आवाज उठाइरहेका छन्।

प्रतिपक्षमा धकेलिएका माओवादी केन्द्रलगायतले त आन्दोलनकै घोषणा गरिसकेका छन्। अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भने मौन छ। यति नै बेला मधेश केन्द्रित राजनीति गर्दै आएको लोकतान्त्रिक समाजवादी दल लोसपाले पनि मौनता भंग गरेको छ।

लोसपा महासचिव मनिष मिश्रले लोकतान्त्रिक व्यवस्थामा खोट लगाउन नसकिने बताएका छन्। उनले अहिलेको अवस्थामा आर्थकि जरजरता, अनुशासनहिनता, बेरोजगारीलगायतले चरण असन्तुष्टि चुलिएको बताएका छन्। मिश्रले सोच बदलेर मूलधारमा ल्याउन आग्रह गर्नुपर्ने प्रस्ताव राखेका छन्।

प्रकाशित: ३ चैत २०८१ ८:०६ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast