काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलाएका छन्। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार आज दिउँसो १स्३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्दैछ।
उनका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, हिजो त्रिभुवन विमानस्थलदेखि निर्मल निवास सम्म भएको पूर्व राजाको स्वागत, भाबी कार्यक्रममा बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको हो।
आगामी दिनमा हिन्दुराष्ट्र, राजसंस्थाको एजेन्डा स्थापित गर्न र संघीयता खारेज गर्नको लागि समान विचार र उद्देश्य भएका एकजुट भएर आन्दोलनमा होमिन दिइरहेको सन्दर्भमा पार्टीको पदाधिकारी बैठक बस्न लागेको हो।
प्रकाशित: २६ फागुन २०८१ ९:५४ | Monday, March 10, 2025
प्रतिक्रिया




