राजावादीको हिंसात्मक प्रदर्शनका दोषीलाई सरकारले कारबाही गर्छ : मन्त्री गुरुङ

हिमाल प्रेस १७ चैत २०८१ १८:१४ | Sunday, March 30, 2025
राजावादीको हिंसात्मक प्रदर्शनका दोषीलाई सरकारले कारबाही गर्छ : मन्त्री गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ। फाइल तस्बिर।

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चैत १५ गते काठमाडौँमा राजवादीहरुले गरेको हिंसात्मक प्रदर्शनको सत्यतथ्य छानबिन गरी दोषिमाथि कानुनबमोजिम कारबाही गरिने बताएका छन्।

मन्त्रालयमा आइतबार प्रेस चौतारी नेपालले घटनाबारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएपछि मन्त्री गुरुङले हिंसात्मक प्रदर्शन गर्नलाई छानबिन समिति बनाएर सरकारले कानुनी दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।

राजकीय सत्ता जनतामा सुम्पिन्छु भनेर राजनीतिक पार्टीसँग गरेको प्रतिबद्धता पूर्वराजा ज्ञानेन्द्र शाहले बिर्सिएको र आन्दोलनका नाममा हिंसात्मक बाटो अपनाउनु गलत रहेको उनको भनाइ थियो।

‘पूर्व राजाले नेपालका पार्टीसँग गरेको सहमति तोडेका छन्,’ मन्त्री गुरुङले भने, ‘चैत १५ गते काठमाडौँमा भएको हिंसात्मक प्रदर्शनीको जिम्मेवारी राजावदीले लिनुपर्छ। यो घटनाको छानबिनको दायरामा पूर्व राजा पनि पर्नेछन्। हत्या, हिंसा र लुटपाटको घटनामा दोषी देखिएका सबैमाथि कानुनी कारबाही हुन्छ।’

पत्रकार सुरेश रजकको मृत्युको घटनामा आन्दोलनकारीकै मुख्य हात रहेको मन्त्री गुरुङले बताए। सञ्चारगृहहरुमाथि आन्दोलनकारीको आक्रमण निन्दनीय रहेको उल्लेख गर्दै उनले सञ्चारगृहको क्षति मूल्यांकन गरी सहयोग प्रदान गरिने बताए। आन्दोलनका क्रममा घाइते भएका सबैको सरकारले उपचार गर्ने उनले जानकारी दिए।

प्रकाशित: १७ चैत २०८१ १८:१४ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast