राजावादीको सभा बिथोलियो, सर्वसाधारणको घरमा आगजनी

हिमाल प्रेस १५ चैत २०८१ १४:५३ | Friday, March 28, 2025
राजावादीको सभा बिथोलियो, सर्वसाधारणको घरमा आगजनी

काठमाडौँ- राजतन्त्र समर्थकले शुक्रबार काठमाडौँको तीनकुनेमा आयोजना गरेको सभा बिथोलिएको छ। प्रहरी र प्रदर्शनकारीबीचको झडप हुँदा सभा बिथोलिएको हो।

राजतन्त्र समर्थकको जुलुस तीनकुनेस्थित बागमती पुलमा तैनाथ प्रहरीको घेरा छिचोलेर अघि बढ्न खोज्दा झडप भएको थियो। झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्दा तीनकुने क्षेत्र अशान्त बनेको छ।

सभा बिथोलिएको विरोधमा प्रदर्शनकारीहरूले सर्वसाधारणका घरमा आगजनी गरेका छन्। आक्रोशित प्रदर्शनकारीले पाँचवटा ट्याक्सीमा तोडफोड गरेका छन्। प्रहरी हस्तक्षेपका कारण आन्दोलनकारी तितरबितर भएका छन् भने सभा आयोजना गर्न लागिएको ठाउँ पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १५ चैत २०८१ १४:५३ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast