फाइल तस्बिर।
काठमाडौँ- राजावादीको आन्दोलनका क्रममा एक जनाको मृत्यु भएको छ। शुक्रबार प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका-४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गर्दै घटनाको पुष्टि गरेको हो।
मन्त्रालयका सहसचिव छवि रिजालले घटनाको सूक्ष्म अध्ययन गरिररहेको जानकारी दिए। उनले दोषीलाई कानुनी दायरमा ल्याउने बताए।
प्रकाशित: १५ चैत २०८१ १८:४१ | Friday, March 28, 2025
प्रतिक्रिया



