राजतन्त्र ल्याउँछु भन्नु समुद्र फर्काउँछु भनेजस्तै हो : गिरीराजमणि पोखरेल

हिमाल प्रेस २८ फागुन २०८१ १८:४२ | Wednesday, March 12, 2025
राजतन्त्र ल्याउँछु भन्नु समुद्र फर्काउँछु भनेजस्तै हो : गिरीराजमणि पोखरेल

कटारी (उदयपुर)- नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलले राजतन्त्र ल्याउँछु भन्नु असम्भव रहेको बताएका छन्।

आज (बुधबार) यहाँ पार्टीको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका पोखरेलले लोकतन्त्र, गणतन्त्रका लागि सबै पार्टीका योगदानको स्मरण गर्दै फेरि सबै मिलेर सुदृढ गणतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिए। हालको अवस्थामा राजतन्त्र ल्याउँछु भन्नु समुद्र फर्काउँछु भनेझैँ हुने उनको भनाइ थियो।

‘हिजो महान जनयुद्ध, बृहत् जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन सबैखाले आन्दोलनको जगमा हामीले गणतन्त्र ल्याएका हौँं,’ उनले भने, ‘हामीले निर्माण गरेको संविधानमा उल्लेखित गणतन्त्र, समावेशिता, समाजवादको उपलब्धिमाथि प्रहार भइरहेको छ।’

नेपाली जनताको चेतना धेरैमाथि उठिसकेकाले उनले सबै मिलेर गणतन्त्रको रक्षा गर्नुपर्ने बताए। कार्यक्रममा उनले कटारीका सहिद परिवारलाई सम्मान गरेका थिए।

प्रकाशित: २८ फागुन २०८१ १८:४२ | Wednesday, March 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast