राजतन्त्रवादी आरोप लागेपछि रास्वपा नेताले सार्वजनिक गरे पार्टीको प्रस्तावना

हिमाल प्रेस २९ फागुन २०८१ ९:४९ | Thursday, March 13, 2025
राजतन्त्रवादी आरोप लागेपछि रास्वपा नेताले सार्वजनिक गरे पार्टीको प्रस्तावना

काठमाडौँ- राजावादी भीड बढेसँगै मुख्य राजनीतिक दल कटाक्ष प्रहार गरिरहेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र गणतन्त्रवादी एक हुनुपर्ने आवाज उठाइरहेका छन्।

संसद्‌को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भने मौन छ। कतिपयले रास्वपालाई राजावादी आरोप लगाइरहेका छन्। यो आरोप लागेसँगै रास्वपा नेता गणेश कार्कीले भने रास्वपाको प्रस्तावना सार्वजनिक गरेका छन्।

कार्कीले प्रस्तावनामा पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली भएको विषयलाई बोल्ड गरेका छन्। उनले पार्टीले राजतन्त्रको वकालत गर्न नसक्ने दाबी गरेका छन्। उनले भनेका छन्, ‘हजारौं पटक भनेका छौँ कि हामीलाई व्यवस्था हैन, अवस्था फेर्नु छ।’ उनले दस्तावेज र विचार ऋतु जस्तो नफेरिने दाबी गरेका छन्।

प्रकाशित: २९ फागुन २०८१ ९:४९ | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast