रवीन्द्र र धवलले अदालतमा भने : आगजनी, लुटपाट र गोली हान्ने काममा हाम्रो संलग्नता छैन, सरकार दोषी

हिमाल प्रेस १८ चैत २०८१ ७:४२ | Monday, March 31, 2025
रवीन्द्र र धवलले अदालतमा भने : आगजनी, लुटपाट र गोली हान्ने काममा हाम्रो संलग्नता छैन, सरकार दोषी

काठमाडौँ- गत चैत १५ को प्रदर्शन हिंस्रक बनाएको आरोपमा प्रहरीले राप्रपाका डा. धवल शमशेर राणा र रवीन्द्र मिश्रलाई पक्राउ गरेको छ।

शुक्रबार नै पक्राउ परेका उनीहरूलाई हिजो (आइतबार) अदालत सामु पेस गरिएको थियो। अदालतमा उनीहरूले आगजनी, लुटपाट, गोली हान्ने, अश्रुग्याँस हान्ने, मान्छे मार्ने कार्यमा आफूहरूको संलग्नता नरहेको दाबी गरे। उनीहरूका अनुसार सरकारले शान्तिपूर्ण जनप्रदर्शनलाई दमन गर्दा भीडलाई उत्तेजित बनाएको बताए।

दुवै नेताले अस्पतालमा बस्ने सुविधा नलिने स्वघोषणा गर्दै हिरासतबाटै लडाइ लड्ने विकल्प रोजेका छन्। ‘स्वास्थ्य समस्याका कारण प्राप्त हुने अस्पताल बस्ने सुविधा म लिन इन्कार गर्दछु,’ संयुक्त जनआन्दोलन परिचालन समितिका सदस्य सचिव तथा राप्रपा उपाध्यक्ष मिश्रले काठमाडौँ जिल्ला अदालत इजलासमा आइतबार भने।

‘राज्यले ज्यान लिन्छ भने लिओस्‌, साथीको (रवीन्द्र मिश्र) साथ छाड्दिन, हिरासतमै बसेर लडाई लड्छु,’ आन्दोलन परिचालन संयोजक राणाले भने।

राजसंस्था पूनर्स्थापना आन्दोलनका नेताहरु मिश्रको उच्च रक्तचाप र राणाको क्यान्सर उपचारका कारण अस्पताल राख्ने सुविधा प्राप्त होस् भनेर वकिलहरुले इजलासमा अनुरोध पेस गरेका थिए।

दुबैले सो सुविधा नलिने जानकारी गराई वकिलहरुले निवेदन फिर्ता लिएका थिए । क्यान्सर रोगको शल्यक्रिया गरेका राणा नियमित परीक्षणका लागि वैशाख १५ गते भारत जानुपर्ने थियो।

प्रकाशित: १८ चैत २०८१ ७:४२ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast