रन्धिर श्रेष्ठकाे निर्देशनमा ‘कुम्भ’ बन्ने

हिमाल प्रेस २९ फागुन २०८१ १५:५९ | Thursday, March 13, 2025
रन्धिर श्रेष्ठकाे निर्देशनमा ‘कुम्भ’ बन्ने

काठमाडौँ- म्युजिक भिडियो निर्देशन तथा फिल्मकाे छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठले फिल्ममा डेब्यु गर्ने भएका छन्। उनले फिल्म ‘कुम्भ’ बनाउन लागेका हुन्।

होलीको अवसरमा उनको लेखन तथा निर्देशनमा रहने फिल्म ‘कुम्भ’ को औपचारिक घोषणा गरिएकाे छ। एक्सन जनरामा बन्ने फिल्मको फर्स्ट लुक पोस्टरसमेत सार्वजनिक गरिएको छ।

पोस्टरमा फिल्मका मुख्य चार पात्र देखिएका छन्। नवनायक अशोक आर्यन, अभिनेता सुनिल थापा, सुशील पोखरेल र रोहित रुम्बा। फिल्मका लागि मुख्य अभिनेत्रीको खोजी भइरहेको टिमले बताएको छ।

फिल्म यही चैत दोस्रो सातादेखि छायांकन गर्ने तयारीमा छन्। फिल्म डेब्यु निर्देशकले नै छायांकन गर्नेछन्। फिल्ममा रन्धिरसहित राजेश साहले लगानी गरेका हुन्।

प्रकाशित: २९ फागुन २०८१ १५:५९ | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast