यौन व्यवसाय खुला गर्ने अभिव्यक्तिप्रति कांग्रेस सांसदले मागे माफी

हिमाल प्रेस ६ चैत २०८१ ११:३५ | Wednesday, March 19, 2025
यौन व्यवसाय खुला गर्ने अभिव्यक्तिप्रति कांग्रेस सांसदले मागे माफी

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसाय खुला गनुपर्ने धारणाप्रति माफी मागेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा घिमिरेले आफुले राखेको धारणाले पर्न गएको नकारात्मक प्रभावप्रति क्षमायाचना गरेका छन्।

उनले चैत ३ गते संसदको विशेष समयमा सदनमा राखेको धारणा व्यक्तिगत भएको र कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा नभएको स्पष्ट पारे। घिमिरेले नेपालमा यौन व्यवसाय खुला धारणा राखेपछि सदनमा विरोध भएको थियो।

प्रकाशित: ६ चैत २०८१ ११:३५ | Wednesday, March 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast