युट्युब ट्रेन्डिङमा ‘वसन्त’ को गीत ‘बिना स्वादैको’

हिमाल प्रेस २८ फागुन २०८१ १६:०० | Wednesday, March 12, 2025
युट्युब ट्रेन्डिङमा ‘वसन्त’ को गीत ‘बिना स्वादैको’

काठमाडाैँ- आगामी चैत्र २२ देखि प्रदर्शन हुने फिल्म ‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङ एकमा परेको छ। युट्युबमा सार्वजनिक भएको १२ दिनमा गीत म्युजिकतर्फ ट्रेन्डिङ एकमा परेको हो।

बुधबार दिउँसाेसम्म १२ लाख ४० हजार भ्युज गएको गीतमा करिब दुई हजार दर्शकले प्रतिक्रिया दिइसकेका छन्। फरक शैलीमा बागलुङको मौलिकपन देखाइएको भन्दै प्रशंसा गरिरहेका छन्।

गीतको कमेन्टमा गोविन्द पौडेलले लेखेका छन्, ‘गीतको नाम बिना स्वादैको तर, गीत र भिडियो यति स्वादको छ नी अहिले सम्मकै उत्कृष्ट श्रिङ्गार, ड्रेस पुरानो र साझ्री बस्ने रिती। म सानोमा बिरामी हुँदा यसरी झाँक्री बसेर रातो भाले र कालो बाख्रो खुब काटेको। प्रकाश जी, बब्लु जी, सुनिल जीलगायत सम्पूर्ण टिमलाई बधाई छ। फिल्मको लागी शुभकामना।’

हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोमा एक जोडीको अन्तर जातिय प्रेम र परिवारले उनीहरुको मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ।

गायक देवेन्द्र बब्लु (दि फिरन्ते)को स्वर तथा परिकल्पना रहेको गीतमा गायक तथा निर्देशक प्रकाश सपुत र देवेन्द्र बब्लुले संगीत भरेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक देवेन्द्र बब्लु र मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारी छन्। फिल्ममा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ।

याे पनि

हरर शैलीमा भनिएकाे अन्तरजातीय प्रेमकथा ‘बिना स्वादैको’

प्रकाशित: २८ फागुन २०८१ १६:०० | Wednesday, March 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast