यस्तो छ सुरक्षा अभिनीत ‘खेल’ को ट्रेलर

हिमाल प्रेस १७ चैत २०८१ १७:०० | Sunday, March 30, 2025
यस्तो छ सुरक्षा अभिनीत ‘खेल’ को ट्रेलर

काठमाडौँ- आगामी वर्ष वैशाख १२ देखि प्रदर्शन हुने भनिएको फिल्म ‘खेल’ को ट्रेलर सार्वजनिक भएको छ। दुई मिनेट ३१ सेकेन्डको ट्रेलर ओएसआर डिजिटल युट्यब च्यानलबाट सार्वजनिक गरिएको हो।

फिल्ममा अध्ययनका लागि काठमाडौँको होस्टेलमा बसेका ४ साथीहरूको कथा प्रस्तुत गरिएको छ। उनीहरुकै विगतको भयानक घटनाले पछ्याइरहेको दृश्य ट्रेलरमा देखाइएको छ।

फिल्मको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर, र सस्पेन्सको मिश्रणमा आधारित छ। अनुराग प्रधान र आस्था श्रेष्ठको संयुक्त निर्देशनमा बनेको छ।

फिल्मका कलाकार सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, भोलाराज सापकोटा, किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्रीलगायत कलाकारको अभिनय छ।

सिरुपाते कट्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता लुइसराज महर्जन र आशिषराज महर्जन हुन्। सह–निर्मातामा कुणानराज गुरुङ र रहिशराज महर्जन छन्।

प्रकाशित: १७ चैत २०८१ १७:०० | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast