प्रधानमन्त्री ओलीले गराए थाइल्यान्ड भ्रमणबारे संसद्लाई जानकारी

हिमाल प्रेस १८ चैत २०८१ ११:५९ | Monday, March 31, 2025
प्रधानमन्त्री ओलीले गराए थाइल्यान्ड भ्रमणबारे संसद्लाई जानकारी प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली भोलि थाइल्याण्डको बैंकक प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन बैंकक जान लागेका हुन्।

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ६५ वर्षपछि नेपालका कार्यकारी प्रमुखले औपचारिक रूपमा थाइल्याण्ड भ्रमण गर्न लागेको जानकारी गराएका हुन्।

उनका अनुसार भ्रमणका क्रममा नेपाल र थाइल्याण्डबीच दुईवटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ। सम्मेलनपछि प्रधानमन्त्री नेतृत्वको टोली चैत २३ गते स्वदेश फर्किनेछ।

प्रकाशित: १८ चैत २०८१ ११:५९ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast