म्यानमारमा भूकम्प : मृतकको संख्या १६ सय नाघ्यो [तस्बिरहरूसहित]

हिमाल प्रेस १७ चैत २०८१ १२:४३ | Sunday, March 30, 2025
म्यानमारमा भूकम्प : मृतकको संख्या १६ सय नाघ्यो [तस्बिरहरूसहित] तस्बिरहरू : एपी/रासस

काठमाडौँ- म्यानमारको भूकम्पमा परी निधन हुनेको संख्या १६ सय नाघेको छ। शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी निधनको हुनेको संख्या १६ सय ४४ पुगेको समाचार एजेन्सी एपीले जनाएको छ।

सबैभन्दा बढी देशको प्राचीन राजधानी तथा दोस्रो ठूलो सहर म्यान्डलेलाई क्षतिग्रस्त बनाएको छ जहाँको जनसंख्या करिब १५ लाख छ। अत्यावश्यक उपकरण अभाव, कमजोर सञ्चार सञ्जाल र क्षतिग्रस्त सडक पूर्वाधारका कारण खोजी उद्धारमा असर परिरहेको छ।

यसैगरी छिमेकी थाइल्यान्डमा मृत्यु हुनेको संख्या १७ पुगेको छ। भूकम्पले करिब १.७ करोड जनसंख्या रहेको ग्रेटर बैंकक क्षेत्र र देशका अन्य भाग हल्लाएको थियो।

प्रकाशित: १७ चैत २०८१ १२:४३ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast