म्यानमारमा भूकम्पमा मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

हिमाल प्रेस १८ चैत २०८१ २१:५८ | Monday, March 31, 2025
म्यानमारमा भूकम्पमा मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो तस्बिर : एपी/रासस

काठमाडौँ- गत साता म्यानमारमा भएको ठूलो भूकम्पमा मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ। त्यहाँको सरकार नियन्त्रित सञ्चारमाध्यमलाई उधृत समाचार एजेन्सी एपीले भूकम्पमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाएको छ।

उद्धारकर्ताहरूले भने रमजानको समयमा मस्जिदहरूमा प्रार्थना गरिरहेका सयौँ मुस्लिमहरूको मृत्यु भएको बताएका छन्। यसैगरी कम्तीमा दुई सय बौद्ध भिक्षुहरू एउटा भत्किएको मठमा किचिएको आशंका गरिएको छ।

भूकम्पले म्यानमारमा भोकमरी र रोगको प्रकोप बढाउन सक्ने चेतावनी दिएको छ। म्यानमार गृहयुद्धका कारण मानवीय संगठनहरूका लागि काम गर्न विश्वकै सबैभन्दा चुनौतीपूर्ण ठाउँहरूमध्ये एक मानिन्छ।

७.७ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु म्यानमारको दोस्रो ठूलो सहर मन्डाले नजिकै थियो। भूकम्पले सहरको विमानस्थलमा क्षति पुर्‍याएको छ। सडकहरू भत्किएका छन् भने देशको मध्य भागमा सयौँ भवन भत्किएका छन्।

प्रकाशित: १८ चैत २०८१ २१:५८ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast