फाइल तस्बिर 
                                            काठमाडौँ- भरतपुर महानगरपालिका प्रमुख (मेयर) रेनु दाहालले चितवनमा प्रस्तावित शिक्षक अस्पताल मन्त्रिपरिषद्को निर्णयका बाबजुद कार्यान्वयनमै रोकिएको बताएकी छिन्।
उनका अनुसार शिक्षक अस्पताल स्थापनाका लागि महानगरपालिकाले जग्गा प्रस्ताव गरेको थियो। ‘मन्त्रिपरिषद्ले नै निर्णय गरिसकेको थियो। तर, पहिलो प्रस्तावित जग्गा सामुदायिक वनमा दर्ता भएकाले समस्या आयो,’ यक्ष प्रश्न’ अन्तर्वार्तामा उनले भनिन्।
समस्या देखिएपछि महानगरले अर्को जग्गा प्रस्ताव गरी पठाएको थियो। ‘हामीले दुई ठाउँको जग्गा प्रस्ताव गरेर पठायौं। तर, अहिले त्यो मन्त्रालयमै थन्किएको छ। चार वर्षसम्म फलोअप गर्यौं, निर्णय भए पनि कार्यान्वयन हुन सकेन,’ दाहालले बताइन्।
शिक्षक अस्पताल स्थापना अभियान लामो समयदेखि अगाडि बढाइए पनि आवश्यक सरकारी प्रक्रिया टुंगिन नसक्दा परियोजना अन्योलमै रहेको छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

