मुलुकलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने छ : महासचिव पोखरेल

हिमाल प्रेस १३ चैत २०८१ २०:२० | Wednesday, March 26, 2025
मुलुकलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने छ : महासचिव पोखरेल एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई बनाउने विषयमा अब नयाँ सिराबाट छलफल गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालको स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले नयाँ सिराबाट मुलुक अगाडि बढाएमात्र विकास हुने बताए।

महासचिव पोखरेलले एमाले सरकारमा रहेको समयमा देशको विकास नयाँ ढंगले अघि बढेको भन्दै मुलुकमा सामाजिक अराजकता, दक्षिणपन्थी अराजकतालाई पराजित गर्न आवश्यक रहेको उल्लेख गरे।

कतिपयले पञ्चायत शासन कालमा पनि मुलुकमा राम्रो काम भएको भ्रम फिजाउने प्रयास गरिरहेका भन्दै उनले यस्तो भ्रमको खेती गरेर राजतन्त्रको पक्षमा जनमत बनाउन सकिन्छ भन्ने सपना नदेख्न आग्रह गरे।

पोखरेलले राजतन्त्रको बेलामा भन्दा गणतन्त्र आएपछि नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए। अलोकतान्त्रिक गतिविधि बढेकाले एमालेले गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्नका लागि जनचेतना अभियान घोषणा गरेको उनले बताए।

घोषणाअनुसार काठमाडौँसहित मुलुकका प्रमुख सहरमा यही चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्‍याली आयोजना गरिएको छ।

र्‍यालीलाई सफल बनाउनका लागि भेलाको आयोजना गरिएको थियो। भेलामा युवा संघका अध्यक्ष क्षितिज थेवेले मुलुकमा अराजकता बढेकाले युवा वर्ग सचेत हुनुपर्ने बताए।

प्रकाशित: १३ चैत २०८१ २०:२० | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast