 
                             
                                            काठमाडौँ- अनिल बुढा मगरको निर्देशनमा बन्ने फिल्म ‘मितज्यू’ को मुख्य भूमिकामा अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएकी छन्।
भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’ सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेब्यु गर्न लागेकी हुन्। यसअघि तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ मा अभिनय गरेकी थिइन्।
उनको प्रवेशसँगै फिल्मको चर्चा बढ्ने देखिन्छ। दर्शक तेरियालाई नेपाली फिल्ममा अभिनय गरेको हेर्न चाहन्थे। सामाजिक सञ्जालमा उनले पोस्ट गर्ने तस्बीरमा यस्ता प्रतिक्रिया प्रशस्त देख्निछ।
तेरियासहितमा अभिनेता दयाहाङ राई पनि जोडिएको निर्माण टिमले जनाएको छ। अन्य कलाकार को-को कलाकार रहने निर्माण टिमले सार्वजनिक गरेको छैन।
महेश राईको लेखन रहेको फिल्मका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन्। जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्ने फिल्म अर्को वर्षदेखि छायांकन हुनेछ। तर फिल्म भने २०८२ चैत २७लाई प्रदर्शन मिति तोकिसकेका छन्।
जनक घर्तीमगरको लगानीमा निर्माण हुने फिल्मका अभिनेता दयाहाङले दोस्रोपटक सहकार्य गर्न लागेका हुन्। यसअघि उनीहरुले ‘घरज्वाइँ’मा काम गरेका थिए। गत असार २८ मा प्रदर्शन भएको फिल्म ५१ औं दिन मनाउन सफल पनि भयो र दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 