माओवादी सांसदले भने : राजावादीविरुद्ध गणतन्त्रवादीहरूको सरकार बन्न सक्छ

हिमाल प्रेस ३ चैत २०८१ १२:५० | Sunday, March 16, 2025
माओवादी सांसदले भने : राजावादीविरुद्ध गणतन्त्रवादीहरूको सरकार बन्न सक्छ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका छन्।

आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले अहिले सडक भन्दा पनि सरकारमा समस्या देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्नका लागि गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका हुन्।

यसका लागि प्रारम्भिक छलफल समेत सुरु भइसकेको उनले दाबी गरे। उनले दाहालले गणतन्त्र पक्षधरको सरकार बनाउने प्रक्रियामा एमाले भन्दा कांग्रेससंग बढी छलफल हुने जिकिर गरे।सांसद दाहालले अबको सहकार्य गणतन्त्र विरोधीसँग नहुने र गणतन्त्र पक्षधर एकठाउँमा उभिएर सहकार्य हुने धारणा राखे।

उनले वर्तमान सरकारका कारण निराशा पैदा भएकाले प्रतिगामीलाई फाइदा पुगेको जिकिर गरे।

प्रकाशित: ३ चैत २०८१ १२:५० | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast