माओवादी सरकारमा जाने हल्लाबारे प्रचण्डको सचिवालयले दियो स्पष्टीकरण

हिमाल प्रेस ३ चैत २०८१ ७:२९ | Sunday, March 16, 2025
माओवादी सरकारमा जाने हल्लाबारे प्रचण्डको सचिवालयले दियो स्पष्टीकरण फाइल तस्बिर।

काठमाडौँ- पछिल्लो समय नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुने चर्चा चलेको विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले खण्डन गरेको छ।

राजावादी आन्दोलन बढिरहेका बेला माओवादी सरकारमा जाने चर्चा चलेको विषयमा प्रचण्डको सचिवालयले अपबाहको संज्ञा दिएको छ।

‘माओवादी केन्द्र को अभियानबाट आत्तिएर हाम्रो पार्टी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले माओवादी केन्द्र पनि सरकारमा जॉदैछ भन्ने एउटा बेतुकको हल्ला बजारमा चलाईएको रहेछ,’ सचिवालयले भनेको छ,‘यो बिल्कुलै सत्यता छैन। हाम्रो पार्टी र नेतृत्वको अहिले सरकारमा जाने भन्ने कुरा निरर्थक हल्ला मात्रै भएको जानकारी गरॉउदछौँ।’ प्रचण्डको स्वकीय सचिव एवं माओवादी नेत्रृ गंगा दाहालले यसबारे खण्डन गरेकी हुन्।

प्रकाशित: ३ चैत २०८१ ७:२९ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast