माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दैछ : प्रचण्ड

हिमाल प्रेस ७ चैत २०८१ १७:१३ | Thursday, March 20, 2025
माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दैछ : प्रचण्ड नेकपा माओवादी के अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। फाइल तस्बिर।

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको बताएका छन्। जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत बारामा बिहीबार आयोजित मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर चुनाव लड्दा उनीहरुले फाइदा लिने तर माओवादीले घाटा व्यहोर्ने अवस्था रहेको दाबी प्ररचण्डको छ। उनले अब एक्लैले चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गएको बताए।

गत मंसिरको उपनिर्वाचन हुँदै भर्खरै सम्पन्न स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको र कसैको वैशाखी नटेकेर माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीको भाष्य खारेज भएको अध्यक्ष प्रचण्डले बताए।

प्रकाशित: ७ चैत २०८१ १७:१३ | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast