‘महाभोज’ जेठ १५ मा प्रदर्शन

हिमाल प्रेस २७ फागुन २०८१ १५:३९ | Tuesday, March 11, 2025
‘महाभोज’ जेठ १५ मा प्रदर्शन

काठमाडौँ- दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’ आगामी वर्ष जेठ १५ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै  जेठ १५  लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

पोस्टरको केन्द्रमा भादगाउँले टोपी, सर्ट र कोट लगाएका कलाकार आर्यन सिक्देलको देख्न सकिन्छ। उनको वरिपरि कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतको क्यारेक्टर लुक्स प्रस्तुत छन्। पृष्ठभूमिमा नेपाली मुद्रा झल्किने डिजाइन देखिन्छ।

सामाजिक कथामा बनेको फिल्ममा अन्य कलाकार वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायत पनि छन्।

केही समयअघि छायांकन सकिएको फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम चलिरहेको छ। फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। राजेश श्रेष्ठले छायांकन गरेको फिल्म निमेष श्रेष्ठले सम्पादन गरेका छन्। क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको सयुक्त निर्माण रहेको फिल्मका निर्माता हिमाल कडरिया हुन्।

दिनेश राउतले निर्देशन गरेको यो आठौं फिल्म हो। यसअघि उनले ‘पूजार सार्की, ‘प्रकाश’, ‘प्रसाद’, ‘नोभेम्बर रेन’लगायत फिल्म निर्देशन गरिसकेका छन्।

प्रकाशित: २७ फागुन २०८१ १५:३९ | Tuesday, March 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast