मन्त्रालय र योजना आयोगसँगको समन्वयमा बजेट आउँछ : उपप्रधानमन्त्री पौडेल

हिमाल प्रेस ३ चैत २०८१ १९:३० | Sunday, March 16, 2025
मन्त्रालय र योजना आयोगसँगको समन्वयमा बजेट आउँछ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, विषयगत मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी आगामी वर्षको बजेट आउने बताएका छन्।

आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी गृह मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले तीन पक्षको समन्वयमा बजेट आउँदा बजेटप्रति अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने बताए।

छलफल र परामर्श गरी बजेट आउँदा बुझाइमा एकरुपता हुने र देखापरेका चुनौती तथा समस्यालाई समाधान गरेर अघि बढ्न सकिने उनको भनाइ थियो।

अर्थमन्त्री पौडेलले नीति तथा कार्यक्रम र बजेटबीच समन्वय हुनुपर्नेमा जोड दिए। उपलब्ध साधन स्रोतको ख्याल गरी बजेट तथा कार्यक्रमको प्रस्ताव पेश गर्न उनले आग्रह गरे।

गृह मन्त्रालयसँगको छलफलमा गृहमन्त्री रमेश लेखक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव, गृह सचिव, नेपाल प्रहरी, सस्त्र प्रहरी बलका प्रमुखलगायत उपस्थित थियो।

प्रकाशित: ३ चैत २०८१ १९:३० | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast