फिल्ममा प्रधानमन्त्री ओलीको अभिव्यक्ति राख्दा सेन्सर पासमा ‘आनाकानी’

हिमाल प्रेस २९ फागुन २०८१ ७:४१ | Thursday, March 13, 2025
फिल्ममा प्रधानमन्त्री ओलीको अभिव्यक्ति राख्दा सेन्सर पासमा ‘आनाकानी’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको एक अभिव्यक्ति समेटिएको फिल्म ‘राजागंज’ को सेन्सर अन्तत: पास भएको छ। यसअघि ओलीको अभिव्यक्तिकै कारण सेन्सर बोर्डले पास गर्न आपत्ति जनाएको ‘राजागंज’लाई बुधबार मान्यता दिइएको छ।

बुधबार फिल्ममा समावेश केही दृश्य र संवादमा आपत्ति जनाउँदै सच्चाएर ल्याउन सेन्सर बोर्डले भनेको थियो। ओलीको अभिव्यक्ति काटेपछि फिल्म पास भएको थियो।  फिल्मको चैत १ गते रिलिज मिति तोकिएको थियो।

केही वर्षअघि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा संविधानसभाबाट बाहिरिने दलहरूलाई ‘रूखबाट झरेका केही आँप’को संज्ञा दिएका थिए।

दीपक रौनियार निर्देशित यस फिल्ममा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठलगायत अभिनय छ। यो फिल्म भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता विश्वका ठूला सिनेमा महोत्सवमा सहभागी भइसकेको छ। यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो।

प्रकाशित: २९ फागुन २०८१ ७:४१ | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast