भोजपुरको वस्तीमा पस्यो डढेलो, जले आठ घर

हिमाल प्रेस ४ चैत २०८१ १९:१० | Monday, March 17, 2025
भोजपुरको वस्तीमा पस्यो डढेलो, जले आठ घर

टक्सार (भोजपुर)– सामुदायिक वनमा लागेको डढेलो वस्तीमा प्रवेश गर्दा यहाँको भोजपुर नगरपालिका–१२, पारपानीका आठ घर र आठ वटै पाली जलेर नष्ट भएको छ। पारपानी टङ्टङ्केडाँडास्थित इनामे सामुदायिक वनमा लागेको आगो वस्ती पसेको हो।

आगलागीबाट पारपानीका स्थानीय शम्भु चापागाईँको पाली, सोभित श्रेष्ठको घर पाली, गोमा दर्जीको घर, रामबहादुर कार्कीको घर पाली, गोपीकृष्ण धमलाको पाली, रुद्रप्रसाद ढकालको घर पाली, शेखर धमलाको घर, तीर्थप्रसाद सुवेदीको घर पाली, चन्द्रप्रसाद सुवेदीको घर, रामबहादुर कार्कीको घर पाली र गोविन्द चापागाईँको पाली जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिमिल्सिनाले जानकारी दिए।

अत्यधिक हावाहुरीका कारण आगो निभाउन नसकेपछि वस्तीमा क्षति पुगेको डीएसपी तिमिल्सिनाले बताए। आगोलागीबाट ढुंगा माटोले बनेका घरमा क्षति पुगेको हो। आगो निभाउन स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाको दमकल प्रयोग गरी प्रयास भइरहेको तर हालसम्म निभाउन नसकिएको प्रहरीले जनाएको छ।

हावाहुरीसँगै आगलागी हुँदा रामप्रसाद राई गाउँपालिका-४ दलगाउँ केराबारीमा पाँच घरभन्दा बढी जलेर नष्ट भएको छ। सो वडाका वडाध्यक्ष बाबुकुमार राईले आगलागी पूर्णरुपमा निभाउन नसकिएकाले क्षतिको विवरण अझै बढ्न सक्ने बताए। रासस

प्रकाशित: ४ चैत २०८१ १९:१० | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast