भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउने सत्तारूढ दलको निर्णय

हिमाल प्रेस १२ चैत २०८१ १९:०४ | Tuesday, March 25, 2025
भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउने सत्तारूढ दलको निर्णय

काठमाडौँ- सत्तापक्षीय दलहरूले संसद्मा विचारधीन विधेयकलाई यथाशीघ्र टुंगोमा पुर्‍याउने निर्णय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा आज (मंगलबार) बसेको सत्ता पक्ष दलका शीर्ष नेताको बैठकमा संसद्मा विचारधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिकमन्त्री शरतसिंह भण्डारीले जानकारी दिए।

बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामायिक विषयमा छलफल भएको उनले बताए।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उपस्थित थिए।

प्रकाशित: १२ चैत २०८१ १९:०४ | Tuesday, March 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast