भूकम्प प्रभावित म्यान्माको एक आवासीय भवनमा ९० जना बढी फसेको आशंका

हिमाल प्रेस १६ चैत २०८१ १८:०८ | Saturday, March 29, 2025
भूकम्प प्रभावित म्यान्माको एक आवासीय भवनमा ९० जना बढी फसेको आशंका

म्यानमार- म्यानमारमा विनाशकारी भूकम्पका कारण ध्वस्त भएको एक अपार्टमेन्ट ब्लकका भग्नावशेषभित्र ९० जनाभन्दा बढी मानिस फसेको हुनसक्ने आशंका गरिएको छ। शुक्रबार गएको ७.७ म्याग्निच्यूडको भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्र मान्डले रहेको छ।

यहाँको ‘स्काई भिल्ला कन्डोमिनियम डेभलपमेन्ट’ भवन पनि भूकम्पका कारण ध्वस्त भएको छ। घटनास्थलमा रहेका एक रेडक्रस अधिकारीले एएफपीसँग भने, ‘ ‘भग्नावशेषबाट ९ जनाको मृत शरीर र ४४ जनालाई जीवित निकालिएको छ।’

अधिकारीले थपे,‘९० जनाभन्दा बढी मानिसहरू भवनभित्र फसेको हुनसक्छ। हामी अझै पनि डेटा संकलन गरिरहेका छौँ र हराएका परिवारका सदस्यहरूको खोजी गर्दैछौँ।’

भूकम्पका कारण म्यान्मामा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ र सञ्चार सेवामा ठूलो अवरोध आएको छ।

प्रकाशित: १६ चैत २०८१ १८:०८ | Saturday, March 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast