भट्टराईको चेतावनी- तीनकुनेमा हिंसा गर्नेलाई कारबाही गरिन्छ

हिमाल प्रेस १६ चैत २०८१ १७:४३ | Saturday, March 29, 2025
भट्टराईको चेतावनी- तीनकुनेमा हिंसा गर्नेलाई कारबाही गरिन्छ

काभ्रेपलाञ्चोक- नेकपा एमालेका सचिव योगेश भट्टराईले शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीले गरेको आन्दोलनमा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई माफी नदिइने बताएका छन्।

अखिल नेपाल किसान महासङ्घ काभ्रेपलाञ्चोक जिल्ला कमिटीको सातौँ जिल्ला अधिवेशनमा बोल्दै भट्टराईले भने,‘हिंसा भड्काउनेलाई कारबाहीको दायरामा ल्याइनेछ।’ आन्दोलनका नाममा गरिएका हिंसक गतिविधिहरूको कडा निन्दा गरे।

हिंसात्मक गतिविधिहरूमा निजी र सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट र आगजनीको घटनाहरूको विरोध गर्दै उनले ‘यसलाई नियन्त्रणमा लिएर कारबाही गर्नुपर्नेछ। हिंसा गर्नेलाई कुनै छुट दिन सकिँदैन’ भने।

यस्तै, एमाले पोलिटब्युरो सदस्य र सांसद गोकुलप्रसाद बाँस्कोटाले राजतन्त्र फर्काउने कुनै कोरा कल्पना नगर्न नेपाली जनतालाई आग्रह गर्दै भने, ‘नेपालका प्रमुख राजनीतिक दल र जनता संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा छन्। यो व्यवस्थालाई सुदृढ गर्न सबैलाई लाग्न आह्वान गर्दछु।’

प्रकाशित: १६ चैत २०८१ १७:४३ | Saturday, March 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast