भक्तपुरमा स्कार्पियो पल्टिँदा आठ घाइते

हिमाल प्रेस १ चैत २०८१ ५:४२ | Friday, March 14, 2025
भक्तपुरमा स्कार्पियो पल्टिँदा आठ घाइते तस्बिर महेश बस्नेतको फेसबुकबाट

काठमाडौँ-  भक्तपुरमा तीव्र गतिमा गुडिरहेको स्कार्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

बिहीबार होलीको दिन सूर्यविनायक नगरपालिका–७ सुवर्णस्वरबाट गुण्डुतर्फ गइरहेको बीएए ०८३४ नम्बरको स्कार्पियो दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

तीव्र गतिका कारण गाडी अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसएसपी) माधव बुढाथोकीले जानकारी दिए।

उनको भनाइमा दुर्घटनामा स्थानीय सविन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री, राजेश पोखरेल, विवेक बस्नेत, रुपा पन्त र आशिष अछामी घाइते भएका छन्।

गाडीमा सवार एक जना भने सकुशल रहेको र विपरीत दिशाबाट आइरहेका बाइक चालक बाइकसहित लडे पनि घाइते नभएको प्रहरीले जनाएको छ।

घाइतेहरूको भक्तपुरकै मध्यपुर थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको र केही घाइते उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ चैत २०८१ ५:४२ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast