बेलगाम बालेन! सबैलाई टुकुचामा गाडिदिने चेतावनी

हिमाल प्रेस ११ चैत २०८१ २२:४७ | Monday, March 24, 2025
बेलगाम बालेन! सबैलाई टुकुचामा गाडिदिने चेतावनी काठमाडौँ महानगरका प्रमुख बालेन शाह। फाइल तस्बिर

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले एक साताभित्र महानगरपालिकाअन्तर्गतका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाड्ने चेतावनी दिएका छन्।

उनले सरकारको दम्भका कारण महानगरपालिकाका सरसफाइ कर्मचारीले विगत तीन महिनादेखि तलब नपाएको जानकारी दिँदै यस्तो चेतावनी दिएका छन्।

प्रमुख बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन। अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु! त्यो पछि हेरौँला तिमीहरूको केके तन्त्र हो!!’

काठमाडौँ महानगरपालिकामा कार्यकारी निर्देशक नियुक्त नहुँदा लामो समयदेखि महानगरअन्तर्गतका कर्मचारी र शिक्षकले पनि तलब पाएका छैनन्। शिक्षकहरूले त काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण गराएका छन्।

नेपाल शिक्षक महासंघ काठमाडौँ महानगर समितिले सोमबार महानगरको ध्यानाकर्षण गराएको थियो। काठमाडौँ महानगरपालिकामा सरकारले कार्यकारी अधिकृत पठाएको छैन।

प्रकाशित: ११ चैत २०८१ २२:४७ | Monday, March 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast