बेनीमा आमाहरूको फुटबल प्रतियोगिता

हिमाल प्रेस १ चैत २०८१ १०:४४ | Friday, March 14, 2025
बेनीमा आमाहरूको फुटबल प्रतियोगिता

म्याग्दी- खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिंगा तातोपानीमा आमाहरूको फुटबल प्रतियोगिता भएको छ।

जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर र सिंगाका पाँच वटा आमा समूह सहभागी भएकामा जलमाई भगवती आमा समूह ‘ए’ ले मंगला गाउँपालिका–३ को पखेर आमा समूहलाई एकका विरुद्ध चार गोल गरेको छ। यो समूहले खेल जितेर १५ हजार हात पारेको छ।

जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जालीले भनिन्,‘आमाहरूको मात्र फुटबल प्रतियोगिता जिल्लामै पहिलोपटक तातोपानीमा भएको हो। खेलकुदमार्फत आमाहरुलाई जागरुक र सामाजिक क्षेत्रमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको हो।’

आमाहरू लुंगी, चोलो, कुर्तासुरुवालको पहिरनमा खेलमैदानमा उत्रिएका थिए। प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानीमा परम्परागत रुपमा लाग्ने फागुपूर्णिमा मेलालाई यसपटक आमा समूहले निरन्तरता दिएका हुन्। मेलामा फाइभ ए साइड पुरुष फुटसल, महिला र पुरुष लठो तान्ने, अन्धनिशान, पुरुष तथा महिला छेलो प्रतियोगिता भएको थियो।

प्रकाशित: १ चैत २०८१ १०:४४ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast