बिहारको रेलवे स्टेशनमा गोली चल्दा तीन जनाको मृत्यु

हिमाल प्रेस १३ चैत २०८१ १०:५२ | Wednesday, March 26, 2025
बिहारको रेलवे स्टेशनमा गोली चल्दा तीन जनाको मृत्यु

काठमाडौँ- भारत बिहार राज्यको एक रेलवे स्टेशनमा गोली चल्दा तीन जनाको ज्यान गएको छ। मंगबार अबेर राति बिहाराको आरा रेलवे स्टेशनमा गोली चलेको हो।

समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार आरा रेलवे स्टेशनको प्लेटफर्म नम्बर २ मा यो घटना भएको हो। रेलवे प्रोटेक्सन फोर्सका चिफ सिनियर कमान्डेन्ट प्रकाश पान्डाले यो मामिला प्रेम प्रसंगसँग जोडिएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

घटनामा तीन जनाको मृत्यु भएको र अभियुक्त २४ वर्षीय अमन कुमार भन्ने व्यक्ति रहेको उनले बताएका छन्।

‘अभियुक्त अमनले जिया कुमारी र उनका बाबु अनिल सिन्हालाई गोली हानेर हत्या गरेका छन्। त्यसपछि उनले आफूलाई पनि गोली हानेर आत्महत्या गरेका छन्। हामी घटनाको छानबिन गरिरहेका छौँ,’ पान्डाले भनेका छन्। घटनामा प्रयोग भएको हतियार बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ चैत २०८१ १०:५२ | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast