बालेनले हेरे ‘लाज शरणम्’, गरे प्रशंसा

हिमाल प्रेस २७ फागुन २०८१ ९:२९ | Tuesday, March 11, 2025
बालेनले हेरे ‘लाज शरणम्’, गरे प्रशंसा

काठमाडौँ- काठमाडौँ महनगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले आफूले गीत गाएर चर्चामा ल्याएको फिल्म ‘लाज शरणम्’ हेरेका छन्। सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा फिल्म हेर्न पुगेका थिए। उनले फिल्म हेरेपछि प्रशंसा गरेका थिए।

उनले सँगै रहेका धुर्मुसलाई अँगाल्दै भने, ‘एकदमै राम्रो काम गर्नुभएको छ। म पनि कलाकार नि त, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने हुन्छ। हेरिरहँदा एकदमै मज्जा आयो।’

सिनेमा हेरेपछि बालेनले भने, ‘यस्तो डिटेल दिनुभाछ नि! कस्तो डिटेल दिया होरु लास्टै दामी। लास्टै मजा आयो।’ बालेनले फिल्म ‘लाज शरणम्’मा समावेश ‘नेपाल हाँसेको’ बोलको र्‍याप गीत गाएका पनि छन्। जसले निकै चर्चा बटुलेको थियो।

प्रकाशित: २७ फागुन २०८१ ९:२९ | Tuesday, March 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast