बालबालिकाका लागि नयाँ गीत ‘हामी साना कोपिला’ सार्वजनिक [भिडियोसहित]

हिमाल प्रेस ३ चैत २०८१ १७:०० | Sunday, March 16, 2025
बालबालिकाका लागि नयाँ गीत ‘हामी साना कोपिला’ सार्वजनिक [भिडियोसहित]

काठमाडौँ- बालबालिकाको सिर्जनशीलता र मनोरञ्जनलाई प्रोत्साहन गर्ने उद्देश्यले इजी केयर किड्स वर्ल्ड बेबी केयर एण्ड मन्टेश्वरी होम, मेचीनगर–९, धुलाबारीको प्रस्तुतिमा बालगीत ‘हामी साना कोपिला’ सार्वजनिक गरिएको छ। गीत सपना प्रसाई युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतका शब्द प्रभा पोखरेलद्वारा लिखित छन् भने स्वर तथा संगीत सपना प्रसाई ओडारीको हो। बालबालिकाको उज्जवल भविष्य, उनीहरूको सृजनशीलता र शिक्षालाई प्रवर्द्धन गर्ने अभिप्रायले गीत तयार पारिएको छ।

गीतको संगीत संयोजन (एरेन्ज) जमिर अलीले गरेका छन्। साथै, कोरस गायनमा प्रतिजा प्रसाई, आहाना श्रेष्ठ, रितिका मैनाली, रिभा भारती, प्रनिशा रिजाल, सम्भव कडरिया, प्रकृति सिटौला र जान्भी थपलियाको सहभागिता रहेको छ।

बालबालिकाको संसारलाई उजागर गर्ने र उनीहरूको कलात्मक पक्षलाई समेट्ने उद्देश्यले भिडियो निर्माण गरिएको छ। गीतको कोरियोग्राफी तथा निर्देशन विक्रम गेलालले गरेका हुन् भने क्यामेरा तथा सम्पादनको जिम्मेवारी रोहित लाम्गाडेले सम्हालेका थिए।

यस बालगीतलाई अझ आकर्षक बनाउने उद्देश्यले रंगीन दृश्यहरू, बालबालिकाको स्वाभाविक प्रस्तुति, नृत्य तथा हर्षोल्लासपूर्ण वातावरण समेटिएका छन्। निर्माण पक्षका अनुसार, यस गीतले बालबालिकाको शिक्षा, सिर्जनशीलता र सौन्दर्यलाई अभिव्यक्त गर्ने विश्वास गरिएको छ।

गीतको निर्माण प्रमुख मातृका ओडारी रहेका छन्। बालबालिकालाई लक्ष्य गरी सिर्जना गरिएको यो गीतले अभिभावकहरू, शिक्षकहरू तथा बालगीतप्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

यस्तो छ भिडियो

प्रकाशित: ३ चैत २०८१ १७:०० | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast