बढ्यो सुनको भाउ

हिमाल प्रेस २८ फागुन २०८१ ११:४८ | Wednesday, March 12, 2025
बढ्यो सुनको भाउ

काठमाडौँ- नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँ बढेको हो।

प्रकाशित: २८ फागुन २०८१ ११:४८ | Wednesday, March 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast