फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित होइन : प्रचण्ड

हिमाल प्रेस ३ चैत २०८१ १७:४१ | Sunday, March 16, 2025
फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित होइन : प्रचण्ड पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोटो जलाउँदैमा पक्राउ गर्नु उचित नहुने बताएका छन्। उनले आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लोकतन्त्रमा विरोधका विभिन्न रूप हुने र फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने बताएका हुन्।

प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।

शनिबार मकवानपुरको हेटौँडामा भएको एक कार्यक्रममा बमले प्रचण्डको तस्बिर जलाएका थिए।

प्रकाशित: ३ चैत २०८१ १७:४१ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast