काठमाडौँ- तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएका आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुर्गा प्रसाई निकट देवी संग्रौला रहेका छन्।
प्रहरीले उनलाई सोमबार काठमाडौँबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले उनलाई पक्राउ गरेको जानकारी दिँदै यससँगै राज्यविरुद्धको कसुरमा पक्राउ पर्नेको संख्या ११२ पुगेको बताए।
प्रकाशित: १८ चैत २०८१ २०:१९ | Monday, March 31, 2025
प्रतिक्रिया




