प्रधानमन्त्री कप : बागमतीमाथि लुम्बिनीको जित

हिमाल प्रेस ३ चैत २०८१ १४:०६ | Sunday, March 16, 2025
प्रधानमन्त्री कप : बागमतीमाथि लुम्बिनीको जित

काठमाडौँ- प्रधानमन्त्री कपमा बागमतीमाथि लुम्बिनी प्रदेशले जित निकालेको छ। दाङको लमहीमा लुम्बिनी प्रदेशसँग बागमतीले ४८ रनको पराजय भोग्यो। लुम्बिनीले भने आफ्ना चार मध्ये तीन खेलमा जित निकालिसकेको छ।

लमहीमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली लुम्बिनी ३२.४ ओभरमा ११५ रनमा अलआउट भयो। लुम्बिनीका लागि आकाश त्रिपाठीले सबैभन्दा बढी ३३ रन बनाए। मनिस थापा र कप्तान देव खनालले १५-१५ रन बनाउँदा अरू ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा बागमतीका गौतम केसीले ४ विकेट लिए। सूर्य तामाङ र इशान पाण्डेले २-२ हात पारे।

११६ रनको सामान्य लक्ष्य भए पनि बागमती २२.५ ओभरमा ६७ रनमै अलआउट भयो। बामगतीका लागि कप्तान पृथु बाँस्कोटाले सबैभन्दा बढी १५ रन बनाए।

अरु ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्। बलिङमा लुम्बिनीका अजय चौहान र बिप्रसोन केसीले ३-३ विकेट लिए। निर्मल गुरुङ र रमेश कुर्मीको नाममा २-२ विकेट रह्यो।‍

प्रकाशित: ३ चैत २०८१ १४:०६ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast