प्रधानमन्त्री कप : पुलिसविरुद्ध बागमती, लुम्बिनीविरुद्ध कर्णाली आमनेसामने हुँदै

हिमाल प्रेस ७ चैत २०८१ ७:५० | Thursday, March 20, 2025
प्रधानमन्त्री कप : पुलिसविरुद्ध बागमती, लुम्बिनीविरुद्ध कर्णाली आमनेसामने हुँदै

काठमाडौँ- प्रधानमन्त्री कप प्रतियोगितामा बिहीबार दुई खेल हुँदैछन्। बिहीबार ६ खेलसम्म अपराजित रहेको नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच भैरहवा मैदानमा प्रतिस्पर्धा हुँदैछ।

अर्को खेलमा भने लुम्बिनी र कर्णाली प्रदेशले सिद्धार्थनगरमा प्रतिस्पर्धा गर्दैछन्। दुईवटै खेल बिहान ९ बजे सुरु हुने छन्।

नेपाल पुलिस क्लबले ६ खेलसम्म अपराजित यात्रा कायम राखेको छ। बिहीबारको खेल सातौं हो। बागमती भने पाँच खेलमा तीन खेल गुमाएर चार अंकसहित सातौं स्थानमा छ।

यता लुम्बिनी प्रेदश आठ अंकसहित तेस्रो स्थानमा छ । ६ खेल खेल्दा चार खेलमा जित निकालेको लुम्बिनीले दुई खेल गुमाएको छ।

कर्णाली प्रदेश भने अंक तालिकामा संघर्ष गरिराखेको छ। पाँचमा तीन खेल गुमाएर दुई जित दर्ता गरेको कर्णाली चार अंकसहित तालिकाको पाँचौं स्थानमा छ।

प्रकाशित: ७ चैत २०८१ ७:५० | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast