प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमसँग गण्डकी पराजित

हिमाल प्रेस २६ फागुन २०८१ १७:३८ | Monday, March 10, 2025
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमसँग गण्डकी पराजित किरण ठगुन्ना

काठमाडौँ- प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा किरण ठगुन्नाको सतकीय इनिङको मद्तले सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ।

सोमबार दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले जित निकालेको हो।

जितसँगै सुदूरपश्चिमले दुई खेलबाट दुई अंक जोडेको छ। सुदूरपश्चिम पहिलो खेलमा कर्णालीसँग ७९ रनले पराजित भएको थियो।

गण्डकीले प्रस्तुत गरेको २२१ रनको लक्ष्य सुदूरपश्चिमले ४३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो।

सुदूरपश्चिमका लागि किरणले १०१ बलमा ९ चौका र ६ छक्काको मद्तले अविजित १२१ रनको योगदान गरे। प्रतियोगितमा यो पहिलो शतक हो।

यसैगरी कप्तान नारायण जोशीले अविजित ३८, खडक बोहराले १९ र निश्चल क्षेत्रीले १८ रन बनाए।

गण्डकीका लागि कप्तान विपिन खत्री, अर्मत गुरुङ, कमल परियार र अर्जुन कुमालले १–१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २२० रन जोडेको थियो।

प्रकाशित: २६ फागुन २०८१ १७:३८ | Monday, March 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast