प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, राप्रपा डाकिएन

हिमाल प्रेस १७ चैत २०८१ १२:०८ | Sunday, March 30, 2025
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, राप्रपा डाकिएन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। नेकपा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले देशको राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको जानकारी दिए। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका दललाई नबोलाउने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।

प्रतिनिधिसभा  अवरोध खुलाउन आज बसेको प्रमुख सचेतकहरूको बैठकमा बर्तौलाले यस विषयमा जानकारी दिएका हुन्।  विपक्षी दलहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जबाफ दिनुपर्ने माग गर्दै बुधवारबाट प्रतिनिधिसभामा अवरोध गर्दै आएका छन्।

बुधबार र बिहीबार सदनमा जबाफ नदिने बताएका प्रधानमन्त्री ओलीले शुक्रबार भने सोमबार प्रतिनिधिसभामा जबाफ दिने जानकारी गराएका छन्।

 

प्रकाशित: १७ चैत २०८१ १२:०८ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast