प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्दैन : शाही

हिमाल प्रेस १४ चैत २०८१ १७:०५ | Thursday, March 27, 2025
प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्दैन : शाही फाइल तस्बिर

काठमाडौँ– राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नसक्ने बताएका छन्।

बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले कुलमानलाई पदबाट हटाउनुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै सडक र सदनबाट आन्दोलन गरिरहेकाले जवाफ नआएसम्म सदन चल्न नसक्ने बताएका हुन्।

सरकारले गलत गर्ने र जनतालाई जवाफ दिन नसक्ने गलत प्रवृतिले निरंशुकतन्त्र देखिएको उनले बताए। शाहीले देश र जनताको विषयबस्तुको जवाफ दिनुपर्ने कर्तव्य प्रधानमन्त्रीको भएको जिकिर गरे।

उनले सरकार संसदप्रति उत्तरदायि हुने भएकाले सदनमा उठेका विषयमा जवाफ दिनुपर्ने स्पष्ट पारे।

प्रकाशित: १४ चैत २०८१ १७:०५ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast