प्रधानमन्त्रीको जवाफ मागेर संसद अवरूद्ध गर्नु उचित होइन : महामन्त्री शर्मा

हिमाल प्रेस १४ चैत २०८१ १५:४७ | Thursday, March 27, 2025
प्रधानमन्त्रीको जवाफ मागेर संसद अवरूद्ध गर्नु उचित होइन : महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गरेर संसद अवरुद्ध गर्नु उचित नभएको बताएका छन्।

बिहीबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले कुलमान घिसिङको विषय अदालतमा गइसकेका कारण संसद् अवरोध गरिरहने कुरा उचित नहुने बताएका हुन्।

सरकारले गरेको हरेक निर्णयको जवाफ प्रधानमन्त्रीले सदनमा आएर दिनुपर्ने नजिर बसाउन नहुने उनले बताए। यद्यपि शर्माले कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनु गलत भएको बताए।

शर्माले आफू र अर्का महामन्त्री गगन थापाले पार्टीको पदाधिकारीका साथै प्रधानमन्त्री र मन्त्रीलाई कुलमानलाई नहटाउनको लागि सुझाव दिएको जिकिर गरे।

उनले केही महिनामात्रै पदावधि बाँकी रहेका समयमा कुलमानलाई हटाउने निर्णयले सकारात्मक सन्देश जान नसकेको धारणा राखे। विपक्षीको अवरोधका कारण प्रतिस्थापन विधेयक पारित गर्न समेत जटिलता उत्पन्न भएको उनको भनाइ छ।

प्रकाशित: १४ चैत २०८१ १५:४७ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast